दिलासा रानामगरलाई उदीयमान खेलाडीको अवार्ड
पाेखरा | बैशाख २८, २०८१
पोखरा: यसवर्षको वर्ष उदीयमान महिला खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानामगरले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानामगरलाई उदीयमान खेलाडीको अवार्ड दिइएको हो ।

यो पनि पढ्नुहोस
वर्ष उत्कृष्ट उदियमान खेलाडी घोषित रानामगरले नगद ३५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यो विधामा ३ जना मनोनयनमा परेका थिए । क्रिकेटकी ज्योत्स्निका मरासीनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए ।
यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लव पोखरा बनेको छ । लामो समयदेखि विपन्न वालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहारारा पोखरा गोल्डकप आयोजना गर्छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...


