तेन्जन र कविता मगरलाई ५ किमि छात्र/छात्रा दौडको उपाधि

पाेखरा | बैशाख २९, २०८१

तेन्जन र कविता मगरलाई ५ किमि छात्र/छात्रा दौडको उपाधि

पोखरा:   तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् ।


स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा गरेकी गौरीशंकर माविकी कविताले सहभागि अन्य दुई सय ५३ जनालाई पछि पादै उपाधि हात पार्न सफल भएकी हुन् ।


प्रतियोगिता अन्र्तगत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेण्डका दुरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेण्डमा दुरी पुरा गरेका अक्सफोर्ड स्कुलका इश्वर ढकाल तेस्रो भए । 


छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेण्डमा दुरी पार गदै मेघराज आधारभुत माविकी एन्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पुरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो भईन । 

 

छात्र÷छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश सात, पाँच र तीन हजार नगद सगै पदक र प्रमाण पत्र पुरस्कार पाए । 


विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र दुई सय ५४ छात्रा गरी कुल आठ सय ६८ जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक इश्वरी सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

                                                                                                                                                                                                                                                                              विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक – विन्ध्यवासिनी मन्दिर –  बागलुङ बसपार्क – भिमसेन मन्दिर चोक – कोपिलढुङ्गा चोक – ज्ञानभूमि स्कूल चोक – बाल मन्दिर स्कुल चोक – पि.एन. क्याम्पस चोक – भीमकालीपाटन चोक – वडा कार्यालय पोखरा १ – लामपाटन मार्ग – सिम्पानी चोक – हरिचोक हुदै टँुडिखेलमा आएर सम्पन्न भएको थियो । खेलकुद अन्र्तगत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र÷छात्रा) सगै जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र÷छात्रा) समेत आयोजना गर्ने तयारि गरेको छ ।
 

काठमाडौँ:  गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्...

थप पढ्नुहोस्

लेखनाथ:     पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ ।   यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभइ यहाँका पाइने माछाका परि...

थप पढ्नुहोस्

गलकोट:   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ ।   बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि क...

थप पढ्नुहोस्