अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी

चितवन | बैशाख ३०, २०८१

अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी

चितवन:   अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो ।

 

भरतपुर कल्याणपुरमा रहेको स्कूलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

 

चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेका बताइन्छ । उनिहरु आगजनी गरेर फरार भएका छन् ।  आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।

 

प्रध्यानाध्यापक न्यौपाने कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताउनुभयो । स्मल हेभन काठमाण्डूको लिटल एन्जल्सको सकन्वयमा चलेको स्कुल हो ।


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्