मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे

गोरखा | बैशाख ३१, २०८१

मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे

गोरखा:   जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे भएको छ ।

 

गोरखा नगरपालिका –५ माने पानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने  १० किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्रे भएको हो । वि.सं.२०४५ मा मार्ग खुलेको यो सडक जीर्ण, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो। 

 


गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने नारेश्वर–पडेनी चौतारा क्षेत्रमा कालोपत्रे गरेर सडक स्तरोन्नति भएको छ । 

 

वि.सं. २०४५ मा मार्ग खुलेको सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ । 

 


वि.सं. २०७६ मा रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको रौताह–पिके–गोरखा जेभीले लक्ष्य भन्दा २ वर्ष ढिला गरी सडक कालोपत्रे गर्ने काम सकेको हो । नारेश्वर–निवेल–ताकुकोट सडक आयोजनाको दोस्रो खण्डमा पर्ने पडेनीचौतारा देखि ताकुकोत तर्फ थप १० किलोमिटर सडक कालोपत्रे गर्न संरचना निर्माणको काम भइरहेको छ । 

 

गत वर्ष रु २३ करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको अमर–ग्यानेक्स जेभीले २५ प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय गोरखाका सडक इन्जिनियर दिपक बस्नेतले बताउनुभयो । 

 

गोरखा नगरपालिका र बारपाक सुलीकोट गाउँपालिका जोड्ने यो सडकबाट सिरानचोक गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यस सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्