क्लबस्तरीय भलिबल: लिगचरणको ७ खेल सम्पन्न
पाेखरा | जेठ ३, २०८१
 
                                
                            पोखरा: पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।
नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । 
पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् । 
बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित ग¥यो । जिभिपि युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको अन्नपूर्णले १ अङ्क जोड्यो ।  
यस्तै दोस्रो खेलमा समुह ‘ए’मा रहेको फ्रेन्डस् युथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित ग¥यो । फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको मादीले १ अङ्क जोड्न सफल भयो । 
तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ«े गुराँशसे भुमि घाचोकले शान्तिदेवि युथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित ग¥यो । 
चौथो खेलमा समुह ‘बी’मा रहेको जिभिपि युके लण्डनले माछापुच्छ«े गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्यो । जिभिपिले माछापुच्छ«े–२ लाई २५–१४ र २५–१९ ले पराजित ग¥यो । लगातार २ खेल जितेको जिभिपि समूह‘बी’को ५ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । 
यस्तै पाँचौ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ«े गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । माछापुच्छ«े गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित ग¥यो । पहिलो खेलमा १ अङ्क जोडेको माछापुच्छ«ेले दोस्रो खेलमा ३ जोड्न सफल भयो । माछापुच्छ«्े गाउँपालिका भलिबल संघ ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ । 
यस्तै छैठौ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ । जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित ग¥यो । समूह ‘ए’ मा रहेको जनकल्याण ५ अङ्कसहित शिर्षस्थानमा रहेको छ । 
यस्तै आज नै भएको सातौं खेलमा शान्तिदेवि युथ क्लब शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित ग¥यो । शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको माछापुच्छ«े गाउँपालिका–२ ले १ अङ्क जोड्यो । 
यस्तै आज नै भएको आठौं खेल  अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गुराँशसे भुमि घाचोकबीचको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ । 
९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । 
उनका अनुसार ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । 
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको  क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए । 
 
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            