एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन: मुख्यमन्त्री अधिकारी
पाेखरा | जेठ ४, २०८१
 
                                
                            पोखरा: नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीमा संगठीत रहेका नेता तथा कार्यकर्ताले प्रभावकारी काम गर्न सकेको खण्डमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उहाँको दावी छ ।
‘हरेक संगठनका मानिस लोकप्रिय हुनुप¥यो, जनताको सुख दुःखमा साथ दिने हुनुप¥यो, ठालु आडम्बरी हुनु भएन अनि बल्ल निर्णायक राष्ट्रिय शक्ति बन्छौ, टपर्टुय्याँ तालले हुँदैन, काम चोर गरेर हुँदैन’ उहाँले भन्नुभयो  ।
नेकपा (एमाले) पर्वतको जिल्ला कमिटीको दोस्रो बैठकलाई बिहीबार कुश्मामा सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष केपी ओलीकै निरन्तरको प्रयासका कारण अहिलेको समीकरण बनेको बताउनुभयो ।
‘केपी ओलीकै कारण अहिलेको समीकरण बनेको हो, पुरानो गठबन्धन तोड्नु ठुलो कुरा हो, यो टिक्छ टिक्दैनसँग त्यती सरोकार छैन, तर विश्वास छ यो समीकरण निरन्तर अगाडि बढ्छ’उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वाधिनताको लडाई लड्नुपर्ने भएकोलेसत्ता समीकरण आगामी निर्वाचन पछाडिसम्म जाने उहाँले खुलाउनुभयो ।
एमालेको प्रतिष्पर्धा कांग्रेससँगनै रहेको दोहो¥याउदै एमालेको एक्लै बहुमत आउँदापनि राष्ट्रिय स्वाधीनताको लडाइ लड्नुपर्ने भएकोले मिलेर सरकार सञ्चालन गर्ने बताउनुभयो ।
‘हामीले एकल बहुमत ल्याएपनि हाम्रो मात्र सरकार बनाउँदैनौ, राष्ट्रिय स्वाधीनताको लडाइ लड्नु छ’ उहाँले थप्नुभयो ।
समाजवादको आधार निर्माण गर्न राष्ट्रिय पुँजी आवश्यक पर्ने भएकोल पुँजी निर्माणमा ध्यान दिनुपर्ने उहाँले खुलाउनुभयो । त्यसको लागि औद्योगीकरण गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । पार्टीको केन्द्रीय निर्देशन र जिल्ला कमिटीले तयार पारेको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । 
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            