पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

पाेखरा | जेठ ४, २०८१

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

काठमाडौं:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।
 

मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो ।

 

यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।
 

कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङले मञ्चले खेलकुदको क्षेत्रमा खेलेको महत्वपूर्ण योगदान रहेको बताए । उनले मञ्चसंगको सहकार्यमा आदानप्रदान भइरहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरामा एउटा ब्राण्डको रुपमा स्थापित भइसकेको अवार्डलाई आगामी दिनमा सबैको अपनत्व हुने गरि सञ्चालन गर्न सुझाव दिए ।
 

सहारा क्लव पोखराका मानार्थ सदस्य लोकबहादुर गुरुङले अवार्ड एउटा स्तरिय बन्न सकेको भन्दै यसलाई निरन्तर सञ्चालन हुनेगरि स्रोत सुनिश्चित हुने किसिमले अगाडी बढ्न आग्रह गरे ।


सहारा क्लव यू.के.का सल्लाहकार भोजबहादुर गुरुङले मञ्चले छोटो समयको तयारीका विचमा स्तरीय कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए । उनले आगामी दिनमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।
 

कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी रुपक गुरुङले अवार्ड कार्यक्रमले खेलाडी र खेल क्षेत्रमा लाग्नेहरुका लागि हौषला थप्न सफल भएको बताए । उनले यो अवार्ड प्रदेशले गौरव गर्न लायक कार्यक्रम भएको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे ।
 

मञ्चलाई सहारा क्लव यू.के.,को तर्फबाट अध्यक्ष, कृष्णबहादुर गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष दीलिप गुरुङ, मीनबहादुर गुरुङ, कुमार गुरुङ, निवर्तमान अध्यक्ष ले. कुशाङ गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, सचिव मञ्जु गुरुङ, सल्लाहकार हरि श्रेष्ठ, शेरा गुरुङ , नरजंग गुरुङ, भोज गुरुङ, डा. चन्द्र गुरुङ लगायतले सहयोग गरेका थिए ।
 

यस्तै मञ्चलाई सहारा क्लब पोखराका मानार्थ सदस्यद्वय महेश गुरुङ, लोकबहादुर गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा रामबजार सोसाइटी यू.के.का संस्थापक रुपक गुरुङ, एनआरएनए यू.के.का पूर्व अध्यक्ष सूर्य गुरुङ, गोरखा मिडिया प्रमुख मिलन तमु, बगर भाइखलक यू.के.का अध्यक्ष दिलरास गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सहारा क्लव हङकङ, तमुधि. यू.के. प्रतिनीधि मेजर लक्ष्मी गुरुङ, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, एशियन पदक विजेता तेक्वान्दो खेलाडी सपना मल्ला (अमेरिका)बाट सहयोग प्राप्त भएको अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठकले जानकारी दिए ।
 

अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठक र सुर्दशन रञ्जितको सहजीकरण र यू.के.सहित हङकङ, अमेरिका लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगप्रति मञ्चका अध्यक्ष दीननाथ बरालले आभार व्यक्त गरे ।
 

कार्यक्रममा सहयोगीहरुलाई प्रशंसा पत्र मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, उपसमिति सह–संयोजक सुर्दशन श्रेष्ठ लगायतले हस्तान्त्रण गरेका थिए ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्