धारापानीका आले ड्रग्ससहित पक्राउ

तनहुँ | जेठ १४, २०८१

धारापानीका आले ड्रग्ससहित पक्राउ

तनहुँ:   तनहुँमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आले रहेका छन् ।

 

उनले आफ्नै घरबाट लागुऔषध विक्री गर्ने सुचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आलेलाई ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान पक्राउ गरेको हो । 

 

उनलाई लागुऔषधसम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको  छ।

 

आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्