राष्ट्रिय एकताले नै गणतन्त्रको संस्थागत विकास: प्रदेश प्रमुख भट्ट

पाेखरा | जेठ १५, २०८१

राष्ट्रिय एकताले नै गणतन्त्रको संस्थागत विकास: प्रदेश प्रमुख भट्ट

पोखरा:     गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 


आफ्नै संघर्षबाट जनताले आफैले विजय हाँसिल गरेको यो विशेष दिन भन्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।


लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको १९ दिने जनआन्दोलन २०६२/६३ एवम् विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले यस क्रममा घाइते तथा अपाङ्गता हुनुभएकाहरु, बेपत्ता योद्धाहरूको उच्च कदर गर्नुभएको छ ।


सम्पूर्ण आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी नागरिक समाजका अगुवाहरू, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी एवं आम जनसमुदायको योगदानको पनि उच्च सम्मान र प्रशंसा गर्नुभएको छ ।  


प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै चयन गरेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु हाम्रो गणतन्त्रको मूलभूत विशेषता रहेको छ ।’


सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । 

     
गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा पनि उहाँले गर्नुभयो । 


आजको यस ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि प्रकट गर्नुभएको छ । 
 

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्