गोप्य भिडिओ खिचेर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गर्ने सन्तोष पक्राउ

काठमाडाैं | जेठ १७, २०८१

गोप्य भिडिओ खिचेर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गर्ने सन्तोष पक्राउ

काठमाडौं:     साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।


सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ ।


अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्