एक महिनामा ९० हजार पर्यटक भित्रिए
काठमाडाैं | जेठ २०, २०८१
काठमाडौं: नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत मे महीनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल आएका हुन्।
सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। सन् २०२३ को मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए।
कोभिड-१९ महामारीपूर्व ७८ हजार ३०० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन्,” लामिछानेले भने।
गत महीनामा झै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अवधिमा चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

