मोबाइल चोरी गरेर बिक्रीका लागि फेसबुकमा राखेपछि...
पाेखरा | जेठ २२, २०८१

पोखरा: पोखरामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा म्याग्दीका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको युवकको साथबाट अंग्रजी नयाँ वर्ष र सहकारी दिवसको दिन हराएको आईफोन र सामसुङ मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
सहकारी दिवसको दिन पोखरा सभागृहबाट सामसुङ मोबाइल चोरी गरेर मोबाइलमा रहेको ईसेवा ह्याक गरेर १८ हजार १ सय २५ रुपैयाँसमेत ट्रान्सफर समेत गरेको जाहेरीको आधारमा अनुसन्धान गर्दै म्याग्दी घर पोखरा जाल्फा रोडमा बस्दै आएका २० वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकले अनुसन्धानको क्रममा चोरी गरेको मोबाइल फेसबुकमा बिक्रीको लागि राख्ने गरेको र बिक्री पश्चात उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले विभिन्न कम्पनीका १५÷१६वटा चोरी भएका मोबाइल बिक्री गरेको जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
बागलुङ: बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उ...
सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका ...
पोखरा: श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै श्रीकृष्...