घान्द्रुकमा गुराँस पार्क निर्माण, ३ सय गुराँसको बिरुवा रोपियो
पाेखरा | जेठ २३, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा विश्व वातावरण दिवसको अवसरमा गुराँस पार्क निर्माण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क स्थापनासँगै ३ सय वटा गुराँसको बिरुवा रोपिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय घान्द्रुक, संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुक तथा मेश्रम बराह माविको सयुक्त पहलमा लालीगुराँस पार्क निर्माणसँगै पार्कमा गुराँससँगै अन्य विभिन्न प्रजातिका फूलहरु रोपिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका प्रमुख जगन गुरुङले पार्क निर्माणसँगै जङ्गल र गुराँसको संरक्षणमा सबैको चासो बढ्ने बताए ।
‘विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क निर्माण गरिएको छ, जंगल र गुराँसको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो’, गुरुङले भने, ‘पार्कले घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउँछ, यसको व्यवस्थापन र संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ ।’
कार्यक्रममा मेश्रम बराह मावि घान्द्रुकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले विद्यालय परिसरमा खाली रहेको जग्गामा वृक्षारोपण गर्दा सकारात्मक सन्देश जाने बताए ।
‘विद्यालय परिसरमा नै वृक्षारोपण गर्दा सकारात्मक सन्देश हामीले दिएका छौं, वन जंगल फडानी र डढेलोले विश्वमा असर पु¥याएको छ, गुरुङले भने, ‘पार्क निर्माणसँगै गुराँस लगायत अन्य फूलहरुले पार्कको महत्व बढाउँछ ।’
विश्व वातावरण दिवसको अवसरमा मेश्रम बराह माविको विद्याललय परिसरमा रहेको खाली जग्गामा संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकको सक्रियतामा वृक्षारोपण गरिएको अध्यक्ष गुञ्जमान गुरुङले बताए ।
गुराँस पार्कमा चौतारी निर्माणसँगै पार्कमा घुम्नका लागि गोरेटो बाटो निर्माण गर्ने समेत उनले बताए ।
मेश्रम बराह मावि घान्द्रुकका प्रधानाध्यापक यामप्रसाद भण्डारीले विश्व वातारण दिवस औपचारिक कार्यक्रम मात्र नभएर स्थानीय र विद्यार्थीको लागि पार्क निर्माणसँगै वृक्षारोपण महत्वपूूर्ण सिकाई भएको बताए ।
पार्क निर्माण गर्न ओभर ल्याक जर्मनीले विद्यालय मार्फत आर्थिक सहयोग प्राप्त भएको संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकले जनाएको छ ।
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

