रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्वारा एकैदिन २ विद्यालयलाई सहयोग
पाेखरा | जेठ २५, २०८१
पोखरा: रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा–३३, बागमारा र पोखरा–२१, निर्मलपोखरीमा रहेको विद्यालयलाई साइन्स ल्याबका समाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
सन् नेपाल लाइफ इन्स्योरेन्स कं.को प्रायोजन रहेको उक्त कार्यक्रममा बागमाराको श्री सत्यसाई विद्याश्रमलाई साइन्स ल्याब समाग्री तथा निर्मल पोखरीको जनचेतन माविका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्रीहरु सहयोग गरेको हो ।
विज्ञान प्रयोगशालाका लागि १२० थान साइन्स ल्याब समाग्री र जनचेतन माविका १५० भन्दा बढि विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री गरी दुई वटा स्कुललाई करिब १ लाख ५० हजारको सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले बताए ।
रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरी क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै सुखमा हुर्केका विद्यार्थीहरु भन्दा दुखमा हुर्केका विद्यार्थीहरु पढाईमा तेज हुने भन्दै श्रोत साधन भएन भनेर निरास हुन नहुने बताए ।
बागमारामा भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्स कं.का गण्डकी प्रदेश कार्यालय प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसीलगाएतले बोलेका थिए ।
त्यसै गरी निर्मलपोखरीमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, विव्यस अध्यक्ष दुर्योधन गिरी भूपू विद्यार्थी मञ्चका अध्यक्ष केबल गिरी लगाएतले क्लबलाई धन्यवाद दिएका थिए ।
क्लबका अध्यक्ष तोय बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका थिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्...

