पर्यटन प्रवर्द्धन गर्न फेवातालमा डुंगा दौड
महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा
पाेखरा | जेठ २६, २०८१
पोखरा: फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो ।
पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले जानकारी दिए । उनका अनुसार महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने छ ।
प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनुपर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ बताउदै सहभागी हुने एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रतियोगितामा पुरुष टिमले २१ सय मिटर र महिला टिमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितिय हुनेले २ तथा तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने सचिव जिसीले जानकारी दिए ।
यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने आयोजकले जनाएको छ
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...