लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको रक्तदानमा ४० युनिट संकलन
पाेखरा | जेठ २६, २०८१
पोखरा: ‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित मेडिप्लस हस्पिटल महेन्द्रपुलमा भएको रक्तदान कार्यक्रमबाट ४० युनिट संकलन भएको छ ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सो अवसरमा बोल्दै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
उनले आगामी दिनमासमेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

डा. सरोज पोखरेलका अनुसार रक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, राम प्रसाद तिमिल्सिना मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुहरी तिमिल्सिना, उपाध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लब अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपाली लगायतको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष सन्तोष तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव छबि पनेरुले गरेका थिए ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

