पोखरा १३ मा यस वर्ष २ करोड २४ लाख ४५ हजार राजश्व संकलन
पाेखरा | जेठ २७, २०८१

पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ ।
वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् ।
विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका छन् ।
वडा र टोलहरुमा सामुदायिक कुकुरहरुको विगविगी बढेको, छाडा चौपायाका कारण खेतीमा असर पुगेको, ग्रामिण क्षेत्रमा फोहोर लिन गाडी नगएको जस्ता गुनासा पनि सहभागीहरुले गरेका छन् । जवाफमा वडाध्यक्ष किरण बरालले सुरुमा राजमार्गको स्तरोन्नतीमा ध्यान दिइएको र विस्तारै ग्रामिण क्षेत्रसम्म काम हुने बताए । उनले १३ नम्बर वडाबाट पोखराका विभिन्न ठाउँहरुमा सीधै यातायात सेवा लिने गरी यातायात व्यवसायीसँग संवाद गरिरहेको जनाएका छन् ।
यस्तै, सिंचाई कुलोको मर्मतका लागि पनि सिंचाई कार्यालयसँग छलफल भएको तर कुनै सम्वोधन नगरिएको गुनासो उनको छ ।
‘सिंचाई कार्यालय हाम्रै वडामा छ । तर कुलोको यो हालत छ । हामीले ध्यानाकर्षण पटक पटक गरायौं,’ उनी भन्छन्, ‘फेरि डेलिगेसन जान्छौं । मन्त्रालयसम्म पुग्छौं ।’ १३ नम्बर वडामा धेरै सिंचाई कुलोहरु छन् । धेरै कुलोमा गेग्रानका कारण थुनिएर खेतसम्म पानी जान समस्या परेको किसानहरुको गुनासो छ ।
लागू पदार्थ दुव्र्यसनी पहिले भन्दा कम भएपनि नियन्त्रणमा आइनसकेको बरालको भनाई छ । ‘पोखराका धेरै ठाउँमा लागू औषध दुव्र्यसनी र कारोबार समेत भैरहेका छन् । हाम्रोमा पनि त्यो अवस्था छ,’ उनले भने, ‘प्रहरीसँग मिलेर सचेतनाका कार्यक्रम चलाउछौं । ठाउँठाउँमा सिसि क्यामेरा राखेर नियन्त्रण गर्छौं ।’ उनले कुकुर र छाडा चौपाया नियन्त्रणका लागि टोल विकास संस्थासँग मिलेर विशेष अभियान चलाइने बताए । ग्रामिण ठाउँहरुमा महिनाको कम्तिमा १ पटक गाडी पठाएर फोहोर संकलन गरिने बरालको प्रतिबद्धता छ ।
पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा वडा सदस्य सरिफ अलि मियाँले स्वागत गरेका थिए भने वडा सचिव अन्जु गुरुङले सेवा प्रवाह र विकास निर्माणका विषयमा प्रश्तुतीकरण राखेकी थिइन् ।
वडाले हालसम्म ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरिसकेको तर सम्पन्न भएका योजनाको बजेट नै रोकिएको उनले बताइन् । ‘काम लगभग सबै सकिएको छ । तर बजेट नआउँदा भुक्तानी दिन सकिएको छैन,’ उनले भनिन् । पोखरा १३ नम्बर वडाले पूँजीगत तर्फ ४ करोड १७ लाखको काम गरिसकेको र चालू तर्फ ६६ लाख ९६ हजार मध्ये ४३ लाख ९० हजार खर्च गरेको छ ।
वडाले यो वर्षको हालसम्म २ करोड २४ लाख ४५ हजार राजश्व आम्दानी गरिसकेको छ । गत वर्ष १ करोड ८१ लाख ३८ हजार आम्दानी गरेकोमा यो वर्ष बढेको हो ।
चालू वर्षमा ८ सय ३२ जनाको जन्मदर्ता, ५८ मृत्युदर्ता, ७७ विवाह दर्ता र ३१ जोडीको सम्वन्ध विच्छेद दर्ता गरिएको छ । बसाईं सराईं आउने ५१ परिवार छन् भने जाने १० परिवार छन् ।
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...
काठमाडौं: वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि ...
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ...