गण्डकी प्रदेशस्तरीय तेक्वान्दोमा स्याङ्जा दोस्रोपटक च्याम्पियन
दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट
पाेखरा | जेठ २७, २०८१
पोखरा: गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि स्याङ्जाले रक्षा गरेको छ ।
तेस्रो संस्करणको च्याम्पियन स्याङ्जाले तनहुँको भिमादमा शनिबार सम्पन्न भएको चौथो संस्करणमा १० स्वर्ण, ३ रजत र १० कास्यसहित शिर्षस्थानमा रहदैं उपाधि रक्षा गरेको हो ।
यस्तै प्रतियोगितामा कास्कीले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ कास्यपदकसहित तेस्रो स्थान हाँसिल गर्याे ।
प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
प्रतियोगितामा सर्वोकृष्ट हुने थापामगर र बुढामगर दुवैले प्याट्रन र स्पाइरिङ गरि २/२ स्वर्ण पदक प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा २ दिन चलेको प्रतियोगिताको समापन भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले गरे ।
सो अवसरमा बोल्दै उनले भिमादमा भएको प्रदेशस्तरीय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको धारणा राखे ।
उनले आगामी आर्थिक वर्षमा खेलकुदको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तै नेपाल आइटिएफ तेक्वान्दोका केन्द्रीय महासचिव घम बहादुरथापाले मार्सल आर्ट खेलको विकासका लागि राज्य स्तरबाटै नीति बनाएर लाग्नुपर्ने बताए ।
सो प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।
यस्तै प्रतियोगितामा महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो र रातो कलर बेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।
नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकासचन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रतिक घर्तीमगरले गरेका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

