८० किलो गाँजासहित मानबहादुर र सुमन पक्राउ
बारा | जेठ २७, २०८१

बारा: इलाका प्रहरी कार्यालय अमलेखगंजको प्रहरी टोलीले करिब ८० किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मानबहादुर वाइबा र मकवानपुर राक्सीराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।
उनीहरुलाई जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी कार चालक मानबहादुर र कारमा सवार सुमनलाई पक्राउ गरिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
हेटौँडा: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताउनुभएको छ । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्त...
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...