नेपाली सेनामा भर्ती गराईदिन्छु भनेर ठगी गरेका आरोपमा पर्स्याङका धर्मराज पक्राउ
पाेखरा | जेठ २७, २०८१
पोखरा: नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले धर्मराज थापालाई पक्राउ गरेको छ । नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले थापालाई शनिबार जिरोकिलोमिटरमा पक्राउ गरेको हो ।
पोखरामा रहेको आर्मी फिटनेस सेन्टरका सञ्चालक धर्मराज थापाले नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु एक युवकलाई झुठ्ठा आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आर्मी फिटनेस सेन्टरका सञ्चालक थापाले बागलुङ घर भएका एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु सजिलै भर्ती गराईदिन्छु भनेर झुठ्ठा आश्वासन दिएर पटकपटक गरी १ लाख ७० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

