गण्डकी प्रदेशस्तरीय फुटबल: उपाधिका लागि कास्की र तनहुँ भिड्ने
पाेखरा | जेठ २८, २०८१

पोखरा: पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिका भिड्ने भएका छन् ।
पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमिफाइनलबाट उपाधिका लागि भिडन्त हुने टिमको टुङ्गो लागेको हो ।
पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको हो ।
बागलुङका राजीव श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थप्दै विजयी बने ।
उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए ।
यस्तै अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गर्दै फाइलनमा तनहुँसँगको भेट पक्का गर्याे। कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे ।
किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए ।
सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच बने ।
फाइनल खेल आज दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।
उनका अनुसार विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।
काठमाडौं: बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकव...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भाँसिएका कारण बिहानदेखि बाटो अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर-४ खुर्सानीखोलामा तीन फिट जति सडक भाँसिएको जिल्ला प्रहरी का...
झापा: भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी क...