कास्की बचतको बजेट निर्माणसम्बन्धि तालिम
पाेखरा | जेठ २८, २०८१

पोखरा: कास्की बचत तथा ऋण सहकारी संस्थाले वार्षिक नीति तथा बजेट निर्माणसम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ ।
तालिममा कास्की बचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिए ।
उनका अनुसार तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।
यस्तै कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेको बताउदैसहकारी समस्यामा नपर्ने बताए ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिना लगायतले बोलेका थिए ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...