गण्डकी प्रदेशस्तरीय टि–ट्वान्टी पुरुष र महिला क्रिकेट हुँदै, विजेतालाई १ लाख
पाेखरा | जेठ २८, २०८१

पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
बाँके: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच ट...
मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत ...
पोखरा: पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...