यू–१५ प्रतियोगितामा गण्डकी सेमिफाइनलमा प्रवेश
पाेखरा | जेठ ३१, २०८१
पोखरा: पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तरगत बास्केटबल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटबल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले जानकारी दिए ।
छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुने भएको हो ।
उक्त खेल पुन समाज पोखराको बास्केटबल कोर्टमा हुने भएको छ ।
यो पनि पढ्नुहोस
त्यसै गरी छात्र तर्फको खेलमा गण्डकी र मधेश प्रदेश बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी दोश्रोमा बागमतीले कोशी प्रदेशसंग फाइनल यात्राको लागि भिड्ने भएको हो । उक्त खेल सहित फाइनल खेल पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको बास्केटबल संघ गण्डकीका महासचिव विष्णु गुरुङले बताए ।
छात्रतर्फ आज भएको लिग चरणको खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–७ को स्कोरले पराजित गर्यो ।
अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई २४–१८ को स्कोरले पन्छायो । बागमती प्रदेशले मधेश प्रदेशलाई ३५–२३ को स्कोरले पराजित गर्दा अर्काे खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १९–१० को स्कोरले पराजित गर्यो ।
त्यसै गरी छात्रा तर्फको आज भएको लिग चरणको खेलमा गण्डकीले कोशी प्रदेशलाई ११–२ को स्कोरले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई २६–१८ को स्कोरले पराजित गर्यो । अर्काे खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १०–४ को स्कोरले पराजित गर्यो ।
उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...






