लेकसाइडबाट १ किलो गाँजासहित संजोग र कल्याण पक्राउ
पाेखरा | असार ७, २०८१

पोखरा: पोखरा ६ लेकसाइडस्थित चकटी रेष्टुरेन्टबाट १ किलो गाँजासहित दुई युवक पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका ४ घर भएका २० वर्षीय संजोग क्षेत्री र पोखरा महानगरपालिका१७ बस्ने १८ वर्षीय कल्याण महर्जन छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएकोे छ ।
उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...