पोखरामा फार्मेसीबाट अवैध लागुऔषध बेच्ने र किन्ने पक्राउ

पाेखरा | असार ७, २०८१

पोखरामा फार्मेसीबाट अवैध लागुऔषध बेच्ने र किन्ने पक्राउ

कास्की प्रहरीले फार्मेसीबाट अवैध रुपमा लागुऔषध विक्री गर्ने र किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा ७ प्रगति टोलस्थितमा सुमधुर फार्मेसीबाट विक्री गर्ने  गोरखा सिरानचोक गाउँपालिका ४ घर भई हाल पोखरा १५ बस्ने २२ वर्षीया कुमारी कुमाल र ड्रग्स किन्ने  पोखरा ९ वस्ने २२ वर्षीय दिपेश गुरुङ र सोही स्थानकै विपिन परियार रहेका छन् ।

 

प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट टपेन्टाडोल (१ सय एमजी)  १८ चक्की र उक्त फार्मेसीमा खानतलासी गर्दा टपेन्टाडोल (१ सय एमजी)  १४७ चक्की र टपेन्टाडोल (५० एमजी)  ६७  चक्की गरी कुल २१४ चक्की गरिएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

 

उनका अनुसार  लागूऔषध डाक्टरको सिफारिस विना किनेको पाइएकाले दुव्यसनीको प्रयोग गर्ने देखिएपछि अनुसन्धान थािलएको हो ।

 

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७)े म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्