पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

पाेखरा | असार ७, २०८१

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

पोखरा:   हेमजामा सम्पन्न भएको हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पोखरा १३ ले १२ नम्बर वडालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 


पोखरा १३ को जितको खेलको पहिलो हाफको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं  मिनेटमा गरि थप २ गोल गर्न सफल भए । 


प्रतियोगिताको  बिजेता पोखरा १३ ले  नगद १ लाख ११ हजार ११ र  उप–बिजेता पोखरा १२ ले  ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । 


साथै वडा न १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हदै नगद रु ५००० साथमा  ट्रफी  प्राप्त गरे  । वडा न।१३ का राजकुमार गुरुङ सर्वाधिक  गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिलड, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घोषित हुदै प्रत्यक विधामा नगद रु २००० साथमा ट्रफी प्राप्त गरे ।


प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो ।


हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार सम्पन्न भएको हो । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्