पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने
पाेखरा | असार १०, २०८१
पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।
उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए ।
उनले भने–'हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं। अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।'
दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम.एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए ।
दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । 'दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन्,' उनले भने ।
गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने- 'मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।'
दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए ।
दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयो गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

