दुई करोड रकम लुटपाटमा संलग्न चारजना पक्राउ

काठमाडाैं | असार ११, २०८१

दुई करोड रकम लुटपाटमा संलग्न चारजना पक्राउ

काठमाडौं:    भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् । 


उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यही असार ४ गते सुर्य विनायक नगरपालिकाको धिकोटस्थित डिल्ली राउतको घरमा लुटपाट भएको थियो ।


घटनाको मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री अझै फरार रहेको प्रहरीले बताएको छ । उनी डिल्ली राउतका मामा नाता पर्ने बुझिएको छ । पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको खुलेको छ ।


लुटपाटमा संलग्न एक जना फरार छन् । लुटपाट पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर लुटपाट गरेका थिए । घरका सदस्यहरुलाई डरत्रास देखाउँदै दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । आज प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्