फेवाफाँटमा रोपाई महोत्सव: हिले भलिबलसँगै गोरु दौडसम्म
गायिका समिक्षा र निर्जला गुरुङको प्रस्तुती रहने
पाेखरा | असार १२, २०८१
पोखरा: १९ औं संस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी फेवाफाँटमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गर्दै १९ औं संस्करणको असारे रोपाइँ महोत्सव मागी फेवाफाटमा हुने जानकारी दिइएको हो ।
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले असार १५ गते हुने असारे रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको बताए ।
‘पोखरा सबै मौसमका लागि, भन्ने मूल नाराका साथ रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं’, महासचिव सिग्देलले भने, ‘असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइरहेको अवस्थामा पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको अवाश्यकता र औचित्य समेत बढ्दै गएको छ ।’
उनले पोखरा पर्यटन परिषद्ले पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्न महोत्सव आयोजना गरेको उल्लेख गरे ।
‘महोत्सवको मुख्य उद्धेश्य पोखरा वरिपरि भएका खेती योग्य जमिनको संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्ने हो, उनले भने, ‘असार १५ का दिन हिलोमा एक पटक त टेक्नु पर्छ भन्ने भनाईलाई समेत जीवन्त तुल्याउने अभिप्रायले १९ वर्ष देखि असारे रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं ।’
पोखरा महानगरपालिका–२४ मार्गी फेवाफाँटमा हुने असारे रोपाइँ महोत्सवमा हल गोरु दौड, आमा समूहहरुबीच असारे रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (आन्तरिक तथा बाह्य पर्यटक, महिला पुरुष), रस्सकस्सी प्रतियोगिता, (आन्तरिक तथा बाह्य पर्यटक महिला÷पुरुष) र हिलोमा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकार प्रजापति पराजुली, समिक्षा अधिकारी, निर्जला गुरुङ र बालकाशी गुरुङको सांगीतिक पस्तुती रहने आयोजकले जनाएको छ ।
रोपाइँ महोत्सवमा करिब १० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता जनाउने अनुमान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
‘तीव्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालीका रुपमा प्रयोग गरिदै आएके धान खेतीका विगतका केही समय खस्दकै गरेकाले नयाँ पुस्तालाई धान खेती प्रणाली देखाउन पनि महोत्सव आयोजना गरेका हौं, अध्यक्ष श्रेष्ठले भने, ‘असार १५ गते हुने असारे रोपाइँ महोत्सवमा करिव १० हजार आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता हुने अनुमान गरेका छौं ।’
पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

