नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडाैं | असार २२, २०७९

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


काठमाण्डौँ:     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अङ्कले उकालोे लागेर ३८८.९१ मा पुगेको छ ।

 

कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०.७३, निर्जीवन बीमा ३५.०३ र सामूहिक लगानी कोष ०.०८ अङ्कले ओरालो लागेको छ । 

 

त्यस्तै व्यापार १.१३, होटल तथा पर्यटन १६.२२, विकास बैंक ७२.७५, जलविद्युत् ३३.८४, वित्त ४२.१३, उत्पादन २०.७२, अन्य २१.६८, लघुवित्त १०.६३, जीवन बीमा २६६.३२ र लगानी ०.२२ अङ्कले उकालो लागेको छ ।

 

आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको कारोबार भयो ।

 

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

 

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए । त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाए ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्