पाेखरामा एनएमबी बैंकको एटिएम फोड्ने नेपाली पक्राउ

पाेखरा | असार १९, २०८१

पाेखरामा एनएमबी बैंकको एटिएम फोड्ने नेपाली पक्राउ

पोखरा:  कास्की प्रहरीले एटिएम तोडफोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धादिङको सिद्दलेख गाउँपालिका ३ घर भई पोखरा ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् । 

 

कास्की प्रहरीका अनुसार उनले हिजो बिहान करिब साढे २ बजे पोखरा ५ जिरोकिमीमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी नगद चोरी गर्न लागेकाे प्रहरीलाई सूचना पुगेकाे थियाे ।

 

सोही सूचनाको आधारमा नेपालीलाई वडा प्रहरी वैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रका...

थप पढ्नुहोस्

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्