पर्वत: पहिरोमा बेपत्ता भएका दुई जना मृत फेला
पर्वत | असार २२, २०८१
पर्वत: पर्वतमा पहिरोले गोठ बगाउँदा बेपत्ता भएका यहाँका दुई जनाको शव भेटिएको छ । पर्वतको फलेवास नगरपालिका १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले उनकै गोठ बगाएको थियो ।
गोठका भैंसी, बाख्रा बचाउन गएको बेला पाध्याका छिमेकी स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा बेपत्ता भएका थिए ।
शनिबार दिउँसो साढे ३ बजेतिर बेपत्ता भएकोमा बेलुकी ७ बजे दुवैको शव भेटिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । मृतक तुलसीप्रसादको घटनास्थलदेखि १ सय मिटर तल खोल्सामा शव भेटिएको हो । झलकको भने खोलाले बगाएर आँधीखोला पुर्याएको अवस्थामा शव भेटिएको हो ।
दिउँसो साढे ३ बजेतिर घरदेखि १ सय मिटर माथिबाट खसेको पहिरोले गोठ सहितको संरचना बगाएको थियो । सुरुमा स्थानीयले घटनास्थलमै खोजी गरेका थिए । पछि बगेको अनुमान गरेर विभिन्न स्थानमा प्रहरी र स्थानीय परिचालन भएपछि शव भेटिएको हो । शव खोज्न स्याङ्जासम्मका प्रहरी र स्थानीय खटिएका थिए ।
उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् । घर पनि पहिरोको जोखिममा परेको छ । पाध्याको परिवार छिमेकीको घरमा आश्रय लिन गएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

