व्यवसायीको प्रश्न -पोखराबाट अन्तर्राष्ट्रिय उडान किन भएन ?
पाेखरा | असार २५, २०८१

पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि संसदीय छानबिन समिति अध्ययनका लागि पोखरा आएको छ ।
आइतबार बेलुका पोखरा आइपुगेको संसदीय छानबिन उपसमितिका संयोजक राजेन्द्र लिङदेनसहितको टोलीले आज सोमबार बिहान विमानस्थलको स्थलगत अध्ययन गरेको हो ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा त्रुटिसँगै अनियमितता भएको भन्ने उजुरी परेपछि प्रतिनिधिसभा सदस्य लिङ्देनको अध्यक्षतामा गत असार १३ गते उपसमिति गठन भएको थियो ।
सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गरेको उपसमितिले दिउँसो विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा मेयर, जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत स्थानीयहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवम् संसदीय छानबिन उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले विमानस्थल निर्माणमा त्रुटिसँगै अनियमितता भएको पुष्टि भए कारवाहीको दायरामा ल्याउने बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर उद्घाटन भएपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन’, लिङ्देनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा त्रुटि र अनियमितता भएको कारण अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्ने गुनासोसहित उजुरी लेखा समितिमा परेपछि संसदीय छानबिन उपसमिति गठन भएको छ, छानबिनको क्रममा त्रुटि र अनियमितता भएको पाइए कारवाहीको दायरामा ल्याउँछौं ।’
उनले स्थलगत अध्ययनको पछि तीन विषयलाई निष्कर्षमा पु¥याउन खोजेको बताए ।
‘यहाँ कुनै अनियमितताहरु भएको रहेछ भने, आगामी दिनमा यस प्रकारका अनियमितताहरु गर्न नपाउने गरी, गर्न नमिल्ने व्यवस्था निर्माण गर्ने र अनियमिततामा संग्लनहरुलाई कारवाही गर्ने’, उनले भने, ‘ यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी सुचारु गर्न सकिन्छ त्यसको बारेमा काम गर्ने, सोच बनाएका छौं, अवधारणा बनाएका छौं,त्यसको बारेमा सुझाव लिन्छौं ।’
सोही अवसरमा बोल्दै छानबिन समितिलाई पोखरेली व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्दै प्रश्न गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन समितिले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरेलीको ५० वर्षदेखि विमानस्थलको सपना अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पूरा नभएको बताए ।
काठमाडौंमा अवतरण हुन नसकेका विमान पोखरा र भैरहवा विमानस्थलमा डाइभर्ट किन गर्न सकिदैन भन्दै ?’ उनले प्रश्न गरे ।
यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल उद्घाटन तामझाम रुपमा भएपनि अन्तर्राष्ट्रिय उडान नहुँदा चिन्ता थपिएको उल्लेख गरे ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तामझामका साथ गरियो, पोखरेलीहरु सपना पूरा भएकोमा हर्षित भए’, अध्यक्ष श्रेष्ठले भने, ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा उद्घाटनको समयमा हषित भएका पोखरेलीमा थप चिन्ता थपिएको छ, यहाँबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ?’
पोखरा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष अशोक पालिखेले भारतले रुट नदिँदा पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएको गुनासो आएको भन्दै त्यसको जवाफ समितिलाई खोज्न आग्रह गरे ।
उनले भारतले रुट नदिएपनि चीनतीरबाट उडान गर्न सकिने भएकाले त्यसतर्फ पनि छानबिन समितिले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...
पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...