रोटरी क्लब अफ लेकसाइडको नवौं पदस्थापन

पाेखरा | असार २५, २०८१

रोटरी क्लब अफ लेकसाइडको नवौं पदस्थापन

पोखरा:      रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो । 


रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए । 


कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गीता सिग्देल, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।


क्लबका आइपिपि शोभाकान्त सिग्देलले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए ।


प्रमुख अतिथि कोइरालाको परिचय दिँदै क्लब पूर्व अध्यक्ष जयराम पौडेलले रोटरी फिस्टेलमा चार्टर सेक्रेटरी हुँदै हाल डिष्ट्रिक्ट गभर्नर हुन लागेकोमा खुसी व्यक्त गरे ।


वर्ष २०२४÷२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गरे भने क्लबका स्मारिका ‘द फेवा’ विमोचन भयो । कार्यक्रममा स्वागत उपाध्यक्ष टोपबहादुर थापा र सञ्चालन सचिव सुभाष मल्लले गरेका थिए । धन्यवाद ज्ञापन प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगलले गरे ।


यसैबीच, बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा क्लब अध्यक्ष अधिकारी र फाउण्डेसनतर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरे ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्