गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पाेखरा | असार २५, २०८१

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा:     अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए ।


बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो ।


‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ । हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।
 

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्