रोटरी क्लब अफ लेकसाइडको नवौं पदस्थापन
पाेखरा | असार २५, २०८१

पोखरा: रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गीता सिग्देल, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
क्लबका आइपिपि शोभाकान्त सिग्देलले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए ।
प्रमुख अतिथि कोइरालाको परिचय दिँदै क्लब पूर्व अध्यक्ष जयराम पौडेलले रोटरी फिस्टेलमा चार्टर सेक्रेटरी हुँदै हाल डिष्ट्रिक्ट गभर्नर हुन लागेकोमा खुसी व्यक्त गरे ।
वर्ष २०२४÷२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गरे भने क्लबका स्मारिका ‘द फेवा’ विमोचन भयो । कार्यक्रममा स्वागत उपाध्यक्ष टोपबहादुर थापा र सञ्चालन सचिव सुभाष मल्लले गरेका थिए । धन्यवाद ज्ञापन प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगलले गरे ।
यसैबीच, बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा क्लब अध्यक्ष अधिकारी र फाउण्डेसनतर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरे ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...