गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको भ्यान अब नेपालमा
काठमाडाैं | असार २६, २०८१
काठमाडौं: अर्क्स ग्रुप प्रालिले चीनको विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ ।
भ्यानमा विश्वको उत्कृष्ट ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने कम्पनीको दाबी छ । भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडित छ ।
गोल्डेन ड्र्यागनका भ्यानहरू विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको छ । नेपालमा अर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित भ्यान उपलब्ध गराउने जनाएको छ ।
अर्क्स ग्रुपले यस भ्यानको ५७ लाख रुपैयाँ तोकेको छ ।
यसैबीच, अर्क्स ग्रुपले गोल्डेन ड्र्यागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने तयारी गरेको छ । गोल्डेन ड्र्यागनको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ ।
भ्यान र माइक्रोबस लामो दुरी र छोटो दुरीका विभिन्न यातायात सञ्चालक, एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालयलगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ ।
बर्दिया: मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुत...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...
मुस्ताङ: मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहय...

