दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता
तनहुँ | असार २६, २०८१
सांकेतिक तस्वीर
तनहुँ: बाढीले बगाएर ल्याएको दाउरा सेती नदीबाट झिक्ने क्रममा आज बिहान एकजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गग्छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

