आइएसएमटीमा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ तालिम
पाेखरा | असार २६, २०८१
कास्की: आइएसएमटी कलेज पोखरामा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ बारे तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका १५ स्थित कलेजमा पहिलो चरण अन्तरगत दुई हप्ता तालिम सम्पन्न भएको हो ।
कलेजका अप्रेशन तथा मार्केटिङ् म्यानेजर शिव पौडेलले गत १० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको जानकारी दिए ।
उनका अनुसार २ हप्तासम्म सञ्चालन भएको उक्त कोर्समा ४० जना विद्यार्थी सहभागि थिए ।
कलेजको आइटी संकायका एआई पिषयका शिक्षक एवम डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्कीले तालिममा सहजिकरण गरेका थिए ।
उक्त कोर्सबाट विधार्थीले तथ्यांक संकलन (Data Collection), तथ्यांक प्रशोधन एवम् रुपान्तरण (Data Cleaning and Transformation) र एआई टुलस् प्रयोग गरि डाटा भिजुलाइजेसन (Data Visualisation) गर्न सक्ने भएको पौडेलले बताए ।
तालिममा सहभागि विद्यार्थीहरुले उक्त कोर्ष आफुहरुलाई निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए ।
सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले प्रमाणपत्र वितरण गरेका थिए ।

अन्य कोर्सको तयारी गर्दै ‘आइएसएमटी’
आइटी पढ्न चहाने विद्यार्थीहरुका लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ् र हाउस किपिङ् जस्ता विषयमा पनि नि:शुल्क ट्रेनिङहरु दिदै जाने कलेजको तयारी रहेको पौडेलले जानकारी दिए ।
उनका अनुसार यही असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुला गरिसकेको छ ।
तालिम लिन इच्छुक विधार्थीले गुगलमार्फत फारम सक्ने बताउदै कलेजमै गएर वा 061433826, 061435436 मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने जानकारी दिए ।
यो पनि पढ्नुहोस
इएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ,चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...


