आइएसएमटीमा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ तालिम
पाेखरा | असार २६, २०८१

कास्की: आइएसएमटी कलेज पोखरामा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ बारे तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका १५ स्थित कलेजमा पहिलो चरण अन्तरगत दुई हप्ता तालिम सम्पन्न भएको हो ।
कलेजका अप्रेशन तथा मार्केटिङ् म्यानेजर शिव पौडेलले गत १० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको जानकारी दिए ।
उनका अनुसार २ हप्तासम्म सञ्चालन भएको उक्त कोर्समा ४० जना विद्यार्थी सहभागि थिए ।
कलेजको आइटी संकायका एआई पिषयका शिक्षक एवम डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्कीले तालिममा सहजिकरण गरेका थिए ।
उक्त कोर्सबाट विधार्थीले तथ्यांक संकलन (Data Collection), तथ्यांक प्रशोधन एवम् रुपान्तरण (Data Cleaning and Transformation) र एआई टुलस् प्रयोग गरि डाटा भिजुलाइजेसन (Data Visualisation) गर्न सक्ने भएको पौडेलले बताए ।
तालिममा सहभागि विद्यार्थीहरुले उक्त कोर्ष आफुहरुलाई निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए ।
सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले प्रमाणपत्र वितरण गरेका थिए ।
अन्य कोर्सको तयारी गर्दै ‘आइएसएमटी’
आइटी पढ्न चहाने विद्यार्थीहरुका लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ् र हाउस किपिङ् जस्ता विषयमा पनि नि:शुल्क ट्रेनिङहरु दिदै जाने कलेजको तयारी रहेको पौडेलले जानकारी दिए ।
उनका अनुसार यही असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुला गरिसकेको छ ।
तालिम लिन इच्छुक विधार्थीले गुगलमार्फत फारम सक्ने बताउदै कलेजमै गएर वा 061433826, 061435436 मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने जानकारी दिए ।
यो पनि पढ्नुहोस
इएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ,चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रह...
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि ...
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। ...