सिटी जिम र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण फुटसल

पाेखरा | असार २९, २०८१

सिटी जिम र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण  फुटसल

पोखरा:     पोखरा ९ नयाँबजारमा रहेको सिटि जिम र खेलकुद पत्रकार मञ्च गण्डकी बिच भानु जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । 


सिटी जिमले हप्ताको एक दिन फुटसल खेल खेल्ने आफ्नो अभियानलाई अघि बढाउँदै खेल क्षेत्रमा कलम चलाउँदै आएका खेल पत्रकारको छाता संगठन खेलकुद पत्रकार मञ्च गण्डकी सँग मैत्रीपूर्ण फुटसल खेलेको हो । 


मैत्रीपूर्ण प्रतियोगितामा सिटी जिमले १९–५ गोलले जित हासिल गरेको छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको जिमले गुणस्तरीय सेवा दिदैँ आइरहेको सञ्चालक गोकर्ण कार्कीले बताए । उनका अनुसार जिमले हरेक हप्ता विभिन्न क्लब तथा संघसंस्थाहरु सँग मैत्रीपुर्ण फुटसल खेल खेल्दै आइरहेको छ ।
 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्