त्रिशूलीमा बेपत्ता तीनजनाको शव फेला

चितवन | असार २९, २०८१

त्रिशूलीमा बेपत्ता तीनजनाको शव फेला

चितवन:     नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोले बगाएको बसका बेपत्ता यात्रुमध्ये तीनजनाको शव भेटिएको छ । तीन शव भेटिएको र दुईजनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।


सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहारका २८ वर्षीय ऋषिपल साहको पहिचान खुलेको हो । साहको शव शनिबार बिहान ११ बजे भेटिएको थियो । माझीको शव साँझ भेटिएको हो । माझीका बुवा रवीन्द्रकिशोर र साहका दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ ।

    
काठमाडौंबाट रौतहटको गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।


सुरुकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ । तर, अँध्यारो भएकाले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार बिहान ७ बजेदेखि पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार, आइतबार गृहसचिवसहितका सुरक्षा निकायका प्रमुखले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।


शुक्रबार (हिजो) काठमाडौंबाट गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र पर्साको वीरगन्जबाट काठमाडौंतर्फ जाँदैै गरेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । गौर जान आउँदै गरेको बसमा २७ र काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । 

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्