सिमलताल बस दुर्घटना: बस र यात्रुको खोजी कार्य गोलाघाटसम्म गरिने
काठमाडाैं | असार ३०, २०८१

काठमाडौं: त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता सशस्त्र शैलेन्द्र थापाले सशस्त्र प्रहरी नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदिसम्म खोजी कार्य गर्ने जानकारी दिनुभयो ।
त्यस्तै, अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरुको प्रयोग गरी घटनास्थलदेखि एक किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजी कार्य गर्नेछ ।
त्यसैगरी, नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदि किनारामा पैदलगस्ती गर्दै खोजी कार्यका लागि परिचालन भएको छ ।
डिएसपी थापाले अविरल वर्षाका कारण नदिमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाईसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको जानकारी दिनुभयो । यि डिभाईसहरुले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजी कार्यका लागि प्रयोग गरिन्छ ।
असार २८ गते बेपत्ता भएको बस तथा यात्रुहरुको खोजीका लागि खटिएको सुरक्षा फौजले तीन वटा शव फेला पारेको थियो । खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुलि नदिमा खसेको थियो ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...