बैदामका प्रहरी प्रमुख डिएसपी श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी
पाेखरा | साउन २, २०८१
पोखरा: वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित कार्य गरेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।
उक्त उजुरी गत असार ३० गते दर्ता (सि-०८७२४१) भएको छ ।
अख्तियारमा दर्ता भएको उजुरी पत्रमा डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर मासिक रुपमा शुल्क उठाउँदै आएको आरोप लगाइएको छ ।
उजुरीमा भनिएको छ , ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरुमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको तथ्यसमेत देखिन्छ ।’
व्यवसायीहरुले भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारवाही गर्न माग गरेका छन् ।
यस्तो छ, उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

