६० केजी चित्तलको मासुसहित एकजना पक्राउ
बाँके | साउन ६, २०८१

बाँके: बाकेमा चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फको निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै समूह वन्यजन्तुको सिकार गर्नलाई बसेका अन्य परार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो ।
“चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो”, साहले भन्नुभयो, “गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका थिए । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।”
पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेका अधिकृत साहले जानकारी दिनुभयो । उहाँले अन्य सिकारीहरु घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरु सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिनुभयो ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । का...
पोखरा: पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन ...
पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महान...