कास्की प्रहरीको सूचना अधिकारी हुँ भन्दै पैसा मागेपछि...
पाेखरा | साउन ७, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा लामाचौरका २१ वर्षीय सुजित क्षेत्रीलाई हिजो (आइतबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
‘कास्की प्रहरीको सूचना अधिकारी हुँ,तपाईहरुको केही काम काम छ भने भन्नुहोस् गरिदिन्छु, भन्दै ह्वाटएप र टेलिग्रामबाट सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई रकम माग गरेको सूचनाको आधारमा पक्राउ गरेका हौं ।’, डिएसपी शर्माले भने ।
पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

