सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

पाेखरा | साउन ८, २०८१

सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

पोखरा:     पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मीटर भन्दा बढी दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । 


पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।

    
यस सम्बन्धमा तल्लो गगनगौँडाडा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    
यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुुभयो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्