विदेशी मुद्रासहित पक्राउ
रसुवा | साउन १०, २०८१
रसुवा: गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

