संसदीय समितिको सभापतिमा थापा निर्विरोध
काठमाडाैं | साउन १५, २०८१

काठमाडौं: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गर्नुभयो ।
समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त हुनपुगेको थियो ।
समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो ।
बागलुङ: बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उ...
सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका ...
पोखरा: श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै श्रीकृष्...